१८ असार, ताप्लेजुङ । अविरल बर्षाका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न स्थानमा गएको वाढी र पहिरोका पिडितहरुकालागी सहयोग जुट्ने क्रम जारी रहेको छ ।
पाँचथर फाल्गुनन्द गाउँपालिका ३ सारताप मा.वि.का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनसिंह नेम्वाङको संयोकत्वमा विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट रु १४ हजार ५४० रुपौँया जुटाएर सहयोग गरिएको छ ।
समृद्ध सिदिङ्वा नागरिक एकता समाज संगको सहकार्यमा युवाहरुले विपद सहयोग अभियान सिदिङ्वा परिवार बनाएर वाढी र पहिरो पिडितहरुका लागि आर्थिक संकलन गरिरहेको अभियानका सम्पर्क व्यक्ति दिवस तिगेलाले जानकारी दिनुभयो ।
केही दिन देखी जारी रहेको अविरल बर्षाले सिदिङ्वा गाउँपालिका भित्र पर्ने सुरुमखिम, महेले, लिम्बुदिन, साप्लाखु, आंखोप, सादेवा र कालिखोला लगायतका स्थानमा ठूलो रुपमा भौतिक तथा मानविय क्षती पुर्याएको छ । त्यसमा सवैले सकेजती सहयोग गरेर पिडिहरुका लागि सहयोगमा जुट्न युवाहरुको सहयोग अभियान समितीले अपिल समेत गरेको छ ।