दमक र चुलाचुलीको सिमा क्षेत्रमा खुकुरी प्रहारबाट एकको मृत्यु

दमक र चुलाचुलीको सिमा क्षेत्रमा खुकुरी प्रहारबाट एकको मृत्यु


५ असोज, इलाम । दमकको भूटानी शरणार्थी शिविर वेलडाँगीका एक यूवाको खुकुरी प्रहारबाट मृत्यु भएको छ । वेलडाँगी शिविरमा बसोवास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सिमा क्षेत्र रतुवाखोलाको झोङ्गे पुलमा आज अपरान्ह साढे ४ बजे तिर धारिलो हतियार प्रहार गरिएको छ ।

गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । चुलाचुली र दमकबीचको झोलुङे पुलबाट प्रहरीले उठाएर लाइफलाइन अस्पताल पुर्रयाइएका गुरूङलाइ विर्तामोड स्थित वीएनसी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बताइएको छ ।

गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गुरुङको हात र खुट्टामा गहिरो चोट लागेको घटना स्थलमा पुगेका शरणार्थी सुरक्षार्थ खटिएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । मृतक गुरूङको श्रीमति र एक जना छोरा रहेको उहाँको छिमेकीले जानकारी दिएका छन् ।

गुरुङमाथि खुकुरी प्रहार गर्ने समूहहरुको खोजिकार्य जारी रहेको स्रोतले वताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर