स्ववियु निर्वाचन अनिश्चित, कमजोरी कस्को ?

स्ववियु निर्वाचन अनिश्चित, कमजोरी कस्को ?

७ फागुन । फागुन महिनाभित्र हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित कालका लागि सरेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गर्ने सो निर्वाचन त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि सारिएको हो ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको हो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ ।
विद्यार्थी आन्दोलनको एक उपलब्धिको रुपमा हेरीएको स्ववियु निर्वाचन त्रिवि र र विद्यार्थी संगठनकै अन्तरीक विवादका कारण हुने की नहुने भन्ने विषमा विद्यार्थीहरु आलमलमा परेका छन् । त्रिभुवन विश्वविद्यालयले केही महिना अघि नै आफ्ना आंगिक क्याम्पसहरुलाई पत्र पठाएर आउदो फाल्गुन १४ को मितीलाई केन्द्रित गरेर स्ववियु निर्वाचनको तयारीमा लाग्न आग्रह गरिसकेको थियो । तर देशमा केही ठूला विद्यार्थी संगठनको केन्द्रमा भएको विवादका कारण देखाउदै स्ववियु निर्वाचन प्रस्तावित मिती फाल्गुन १४ मानहुने पक्का भएको हो ।

केहि साता अघि मात्रै त्रिभुव विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाई वोलाएर स्ववियु निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको थियो । आउदो फाल्गुन १४ गतेलाई नै निर्वाचनको मिती तोकेर विश्वविद्यालयले सो प्रस्ताव गरेको थियो । सो छलफलमा अनेरास्ववियू, समाजवादी विद्यार्थी संगठन, राप्रवि, अखिल छैठौँ लगायतका विद्यार्थी संगठनहरुले सहभाता जनाए पनि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सहभागीता जनाएको थिएन ।

नेपाली कांग्रेस भित्रको आन्तरीक गुटबन्दिका कारण रुमल्लिएको नेपाल विद्यार्थी संघले जसोतसो नेतृत्व चयन गरेको छ । विद्यार्थी नेताको जिम्मेवारी बाडफडको कुरा नमिल्दा पार्टी कार्यलय सानेपामा नेपाल विद्यार्थी संघ पटक–पटक आपसमा भिडी सकेको छ । सोही कारणले गर्दा पनि त्रिविले डाकेको छलफलमा नेपाल विद्यार्थी संघको सहभागिता नरहेको स्रोतको दावि छ । तर सो छलफल कार्यक्रममा नेपाल विद्यार्थी संघले चिठी मार्फत स्ववियुको निर्वाचन गराउन आफूहरु सकारात्मक रहेको भन्दै चाडै आफ्नो संगठनबाट सहभागीता जनाउने कुरो बताएको थियोे ।

यता केही साता अगाडी मात्रै एकता प्रकृया टुङ्ग्याएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कुनै पनि हालतमा यसपाली स्ववियु निर्वाचन रोकिन नहुने बताउदै आएको छ । अघिल्लो पटकको निर्वाचित स्ववियु पदाधीकारीहरुको कार्यकाल पोहोर नै सकिएर पनि ६÷६ महिना गरेर २ पटक म्याद थप गरिएकाले विधानत अव म्याद थप्न नमिल्ने भन्दै कुनै पनि हालतमा स्ववियुको निर्वाचन हुनु पर्ने अनेरास्ववियूको माग छ । अनेरास्ववियूका नेताहरुले सार्वजनिक कार्यक्रममै आउदो चौत्र दोस्रो सातामा भएपनि स्ववियुको निर्वाचन हुनु पर्ने धारणा राख्दै आएका छन् ।

स्ववियु निर्वाचनको टुङ्गो नहुदा विद्यार्थीहरु भने चिन्ति बनेका छन् । विद्यार्थी आन्दोलनको महत्वपुर्ण उपलव्धिको रुपमा लिईने स्ववियु निर्वाचन समयमै नहुँदा उनिहरु निराश बनेका हुन् । ‘क्याम्पसका हरेक निर्णयहरु विद्यार्थी मैत्री बनाउन र क्याम्पसका गतिविधीहरुमा विद्यार्थीको प्रतिनिधित्व गराउन स्ववियुको निर्वाचन मार्फत आफैले चुनेको नेतृत्व हुनु पर्छ’ दमक बहुमुखी क्याम्पमा स्नातक दोस्रो बर्षमा अध्यनरत विद्यार्थी विहानी राई भन्छिन् । ‘तर समयमा निर्वाचन हुदैँन, कसरी हामीले हाम्रो प्रतिनिधी चुन्ने ?’

ग्त २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । आंगिकमध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन । सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशतभन्दा बढी क्याम्पसमा चुनाव भएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर