बंगलादेशमा मुस्लिम र हिन्दुबीचको हिंसा उग्र बन्दै, राष्ट्रसंघको चासो

बंगलादेशमा मुस्लिम र हिन्दुबीचको हिंसा उग्र बन्दै, राष्ट्रसंघको चासो


२ कार्तिक, काठमाण्डौँ । बंगलादेशमा अल्पसंख्यक हिन्दु र बहुसंख्यक मुस्लिम समुदायबीच सुरु भएको तनावले उग्ररुप लिन थालेको छ । पछिल्लो एक सातामा हिन्दू धर्मालम्बीका करिव ३० घरमा मु्स्लिम आन्दोलनकारीले आगो लगाएका छन् भने ६६ वटा घर भत्काएका छन् । मुस्लिम आक्रमणमा हालसम्म ६ जना हिन्दू धर्माबलम्बिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

गत साता दुर्गापुजाका क्रममा हिन्दुले मुसलमानको निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै मुसलमानहरुले हिंसा सुरु गरेका थिए । इस्लामहरुको धर्मग्रन्थ कुरानलाई एउटा हिन्दु मन्दिरमा रहेको मुर्तिको पैतलामा राखिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएको थियो । त्यसमा एक हिन्दुले अनादरपूर्ण टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दुका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेका थिए । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुईवटा किचेन तथा २० वटा झुपडीमा आगजनी गरेका छन् । पछिल्लोपटक राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दुको घरमा आगजनी गरेका छन् ।

राष्ट्रसंघको चासोः
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भएका श्रृंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । हिन्दुमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ ।

‘सामाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दुमाथि भएका हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने, ‘अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निष्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छाैं ।’
अमेरिकाले पनि हिन्दुमाथिको आक्रमण रोक्न अपिल गरेको छ । ‘धर्म वा विश्वासको स्वतन्त्रता हरेक व्यक्तिको मानवअअधिकार हो । सबैले आफ्नो धर्म मानिरहँदा सुरक्षित महसुस गर्नुपर्छ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर