भारतको केरला राज्यमा बाढीमा परी २६ जनाको ज्यान गयो

भारतको केरला राज्यमा बाढीमा परी २६ जनाको ज्यान गयो


१ कार्तिक, काठमाण्डौँ । भारतको केरला राज्यमा शुक्रबारदेखि जारी निरन्तरको बर्षाका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका छन् ।

साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् । यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर