
२० भाद्र, झापा । नेपाली कांग्रेस दमक नगरपालिका वडा नं. ७ को सभापतिमा युवा नेता अतित राई मनोनित हुनुभएको छ । हिजो शनिवार सम्पन्न वडा अधिवेशनले युवा नेता राईलाई सर्वसम्मतीले चयन गरेको हो ।
नेता राई यसअघि वडाको सचिव हुनुहुन्थ्यो । उहाँले नेपाल विद्यार्थी संघ (नेवि संघ) झापाको सदस्य साथै नेवि संघ दमक क्याम्पस समितीको सभापतीको जिम्मेवारी समेत सम्हालीरहनु भएकोछ ।
यस्तै कांग्रेस वडा समितीको उपसभापतिमा गंगा मगर र मिलन कार्की चयन हुनुभएको छ । सचिबमा मनि लिम्बु र ललित मगर, सहसचिवमा रूबिना केरूङ् र सन्जित रौनियार चयन हुनुभएको छ ।
शुक्रवार देखी देशभर नेपाली कांग्रेसको ९ औँ महाधिवेशन सुरु भएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७