प्रचण्डको कारण एमाले फुट्योः हिक्मत कार्की

प्रचण्डको कारण एमाले फुट्योः हिक्मत कार्की


५ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का आन्तरिक मामिला तथा कानून मन्त्री रहनुभएका एमाले नेता हिक्मत कार्कीले प्रचण्डको कारणले एमाले फुटेको बताउनुभएको छ । मन्त्री कार्कीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को कारण एमालेभित्र समस्या उत्पन्न भएको पनि जिकिर गर्दे एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर बताउनुभयो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले अहिले पार्टीभित्र देखिएका केही खालका चूनौति र समस्या समाधान गर्नको लागि आफूहरु लागिपरेको पनि बताउनुभयो । उहाँले भननुभयो,‘एमालेमा अहिले केही खालको चूनौति, समस्या र घेराबन्दी देखिएको छ । त्यो घेराबन्दी तोड्ने काम र प्रयास भैरहेको छ ।’ उहाँले माधव नेपाल आफ्नो आदर्श नेता भएको उल्लेख गर्नुभयो । तर, माधव नेपालले अहिले लिएको बाटो भने गलत भएको र नेपाल सही गन्तब्यमा नपुग्ने पनि उहाँको दाबी छ ।

पार्टी एकताको लागि आफूहरु दश बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो,‘कार्यदले प्रतिवेदन बुझाउनेबित्तिकै हाम्रो पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेका छौं । कार्यान्वयन त भैसकेको छ नि ।’

प्रतिक्रिया:

सम्बन्धित खवर