सनाखतका लागि निर्वाचन आयोगले बोलायो माधव र महन्थको पार्टीलाई

सनाखतका लागि निर्वाचन आयोगले बोलायो माधव र महन्थको पार्टीलाई

४ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भाद्र ९ गते बोलाएको छ ।

आज शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भाद्र ९ गते सनाखतका लागि बोलाएको हो ।

प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भाद्र ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोगले जनाएको छ । यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्काे जोड्न नमिल्ने भएपछि दुवैले आज नाम संशोधन गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर