
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले तीन दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सो माग गरेको हो । बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि नबढाउन र तत्काल फिर्ता लिन माग गरेको छ ।
एमाले फुटाउने नियतसाथ ल्याइएको अध्यादेश अगाडि बढाए सरकारलाई महंगो पर्ने चेतावनी पनि एमालेले दिएको छ ।
संसद् छलेर अध्यादेश ल्याउने र पार्टी फुटाउन उद्दत सरकारको कदम निकृष्ट र अलोकतान्त्रिक भएको एमाले संसदीय दलको ठहर छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७