
१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गर्नुभएको छ ।
आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताउनुभएको हो ।
‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छाै र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छाैं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ नेता नेपालले भन्नुभएको छ ।
नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिष्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताउनुभयो । उहाँले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७