इलाम : नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित थालेको ‘मिसन–८४’ अन्तर्गतको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई तीब्रता दिएको छ। यसैक्रममा फाकफोकथुम गाउँपालिका वडा नं ४ कमिटीेले पनि अभियान अन्तर्गत ३ महिने जरा केन्द्रीत् वडा स्तरीय अनुशिक्षण कार्यक्रम आज सम्पन्न गरेकाे छ ।
फाकफोकथुम गाउँपालिका – ४ फुएतप्पाकाे आदिवासी जनजाति भवनमा वडा कमिटीको पहिलाे विस्तारित बैठक र अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठकले वडा कमिटीले सचिवालयले गरेकाे निर्णयहरुकाे अनुमाेदन गरेकाे छ । नेकपा एमाले फाकफोकथुम गाउँ कमिटीले परिभाषित गरेका टाेल ईन्चार्जकाे नेतृत्वमा आगामी चैतकाे १७ गते सम्ममा ९ वटा टाेल अधिवेसनहरु सम्पन्न गर्ने वैठकले निर्णय गरेकाे छ ।
कार्यक्रममा पालिका कमिटी अध्यक्ष अर्जुन कुमार लिम्बु र जिल्ला कमिटी सदस्य गायत्रीदेवी रेग्मीले शुभकामना मन्तव्य राख्नु भयाे ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार थापाले पार्टीको आगामी रणनीति र कार्यदिशाबारे चर्चा गरे। तीन महिने वडा केन्द्रित ‘जरा अभियान’को मुख्य वक्ता नेकपा एमाले इलाम जिल्ला उपसचिव रमेश राई थिए । उनले अभियानको उद्देश्य र महत्वमाथि प्रकाश पारे।
बैठकमा जिल्ला कमिटी सदस्य तथा ४ नं वडा ईन्चार्ज गायत्री रेग्मी, जिल्ला सल्लाहकार परिषद सदस्य दिलेन्द्र खनाल, पालिका उपसचिव कविता राई, पालिका सचिवालय सदस्य हरी दंगाली ,पुराना अग्रजहरु नेताहरु जीवन सापकाेटा, प्रेम सागर रेग्मी, केबी राई प्रदेश कमिटी सदस्य तथा पालिका पार्टी इन्चार्जले पनि आफ्नो धारणा राखेका थिए। नेकपा एमाले फाकफोकथुम गाउँपालिका वडा नं ४ कमिटीका अध्यक्ष अम्बर लिम्बु योङ्हाङको अध्यक्षतामा सम्पन्न बैठक तथा अनुशिक्षण कार्यक्रमको स्वागत मन्तव्य वडा कमिटीका उपाध्यक्ष ज्ञानु पिठाकाेठेले राखे भने कार्यक्रमको सञ्चालन वडा कमिटी कमिटी सचिव ढाका बहादुर मगरले गरे ।
यस अभियानले पार्टीलाई थप सुदृढ र बलियो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।