१ भाद्र, काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता–कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए । राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान लागेको नेपाल बताए ।
हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।
उपेन्द्र यादव र अशोक राईलाई प्रदेश १ मा बाबुरामले छाड्दाभन्दा हेमराजलगायतको टिमले छाड्दा जसपामा बढी धक्का पुग्ने बताइएको छ ।