५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुन गैरहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापा (बादल)लाई अत्यधिक बहुमतले जिताउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज एक वक्तव्य निकाल्दै निर्वाचनमा एकतावद्ध, संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने उल्लेख गर्नुभएको छ । त्यसैले यस निर्वाचनमा पार्टीका उम्मेद्धवार थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन उहाँले आह्वान गर्नुभएको छ ।