झापाको अर्जुनधारा र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

झापाको अर्जुनधारा र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ


१० असोज, झापा । झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट र बिर्तामोड स्थित भगवान चोकबाट लागुऔषध खैरो हिरोइन ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ का २४ बर्षीय बिशाल राजवंशी, सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी छन् ।

बिशाल र नरप्रसाद ११ ग्राम ब्राउन सुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रदिप १० ग्राम ब्राउन सुगरसहित बिर्तामोडको भगवान चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष सुराकिका आधारमा उनीहरुलाई बिहिवार राती पौने ११ बजे पक्राउ गरिएको थियो ।

पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर