
६ असोज, धनकुटा । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ धनकुटाले जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफुल वितरण गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरि अस्पतामा रहेका १४ जना विरामीलाई फुलफुल वितरण गरेको हो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष मिन प्रसाद सुवेदीको अध्यक्षतामा संञ्चालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका संयोजक टंक चौहानले सामाजिक संस्थाहरुले समाजको मन जित्ने गरि काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
महासंघका प्रदेश समिति सदस्य गिता अधिकारी र डा. सुमन पौडेलले सामाजिक सेवा दिवस र सामाजिक संस्थाको महत्वको वारेमा प्रकाश पार्नुभएको थियो । यो दिवस सडक मानव उद्धरार, भर्चुअल मिटिङ लगायतका कार्यक्रम गर्दै सप्ताह व्यापी रुपमा मनाउने जिल्ला अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन महासंघका कोषाध्यक्ष रेनुका कार्कीले गर्नुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७