मोरङको नेपाल–भारत सीमा क्षेत्र मटेरुवामा गोली चल्यो

मोरङको नेपाल–भारत सीमा क्षेत्र मटेरुवामा गोली चल्यो

२९ भाद्र, मोरङ । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा एक नेपाली युवामाथि लक्षितगरी गोली चलेको भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय दीपक मण्डल बासु माथि दशगजा क्षेत्रमा गोली चलेको हो ।

सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर मण्डल भारततर्फ लागेका थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भारततर्फ क्यारम खेलेर बसिरहेका जोगवनीका मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली चलाएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर