२९ भाद्र, झापा । झापाको कमल गाउँपालिका वडा नम्बर –७ मा हिजो साँझ ७ वजे तिर छोराले आफ्नै आमाको हत्या गरेको छ । बाह्घरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरि ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो ।
हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक पण्डितले वताउनुभयो ।