२२ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७÷७८ मा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट बिनियोजना गरेको छ । गाउँपालिकाले रु एक करोड ५० लाख रुपैँया र सशर्त तर्फ रु ५४ लाख रुपँैया बजेट बिनियोजन गरेको छ ।
त्यसमा गाउँपालिकाले कृषि विकास तर्फ मात्र रु एक करोड रुपँैया बिनियोजन गरेको छ । विनियोजित रकम कृषिलाई आवश्यक पर्ने सिंञ्चाईकालागी ४० प्रतिशत लागत सहभागीतामा रु ४८ लाख रुपैँया कृषि सिंञ्चाई कार्यक्रममा खर्च हुने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी साना किसान सहकारी संस्थाको ५० प्रतिशत अनुदान साझेदारीमा प्राङ्गगारिक मल तथा जैविक विषादी उत्पादन तालिम सञ्चालन गरिने छ । जसका लागी गाउँपालिकाको तर्फबाट पाँच लाख रुपँैया विनियोजन गरेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो ।
गाउँपालिकाले २५ प्रतिशत साझेदारीमा उन्नत धान र मकैको विउ वितरणका लागी रु २० लाख रुपैँया तथा २५ प्रतिशत अनुदामा तरकारीको बिउ र च्याउको बिउ बितरणका लागी चार लाख रुपैँया छुट्याएको अध्यक्ष राईले बताउनुभयो ।
गाउँपालिकाको कृषि गुरुयोजना तयार गर्नका लागी पाँच लाख रुपैँया र अध्यक्ष र उपाध्यक्ष मैत्री कृषि कार्यक्रमका लागी तीन लाख ५० हजार छुट्याएको छ ।
त्यसैगरी गाउँपालिकाले पशु बिकास तर्फ ५० लाख रुपैँया बिनियोजन गरेको छ । बिनियोजित रकमबाट व्यवसायिक कुखुरा पालनतर्फ छ लाख ५० हजार, कृषकलाई च्यापकटर खरिदका लागी ७५ प्रतिशत अनुदानमा चार लाख रुपैँया, मासु पसल सुधारका लागी ५० प्रतिशत अनुदानमा पाँच लाख रुपैँया, पशु बिमा गोष्ठी, पशु स्वस्थ्य शिविर, पशुबिमा अनुदान कार्यक्रमतर्फ जम्मा पाँच लाख ९० हजार बिनियोजन भएको चुलाचुली पशु शाखाका प्रमुख महेश राईले जानकारी दिनुभयो ।
पशुमा नश्ल सुधार गरी कृषकको आय स्तरमा वृद्धि गर्ने उदेश्यले पशुनश्ल सुधार कार्यक्रमका लागी पाँच लाख रुपैँया छुट्याईएको छ ।
गाउँपालिकाको समग्र कृषि र पशुपालको बिकासका लागी नेपाल सरकारबाट सशर्त अनुदानका कार्यक्रम अन्र्तगत कृषि विकास रणनिती अनुगमन तथा समन्वय कार्यक्रम तर्फ चार लाख, प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तर्फ दुई लाख ४० हजार र पशु बिकास तर्फ पाँच लाख ९० हजार रुपैँया रहेको चुलाचुली कृषि शाखाका प्रमुख अनिल शर्माले बताउनुभयो ।
यसका साथै कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्केका युवालाई रोजगारीको श्रृजना गर्ने उद्देश्यले मागमा आधारित कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ ।