१६ भदौ, उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ९ मा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ९ गैरुन बस्ने अनिस चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोहि ठाउँ बस्ने २४ वर्षीय दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए। चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये चौधरीलाई पक्राउ गरेको हो ।
घाइते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७