कोरोना संक्रमणका कारण एकजना कैदीको मृत्यु

कोरोना संक्रमणका कारण एकजना कैदीको मृत्यु

१६ भदौ, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । कारागारमा ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार उनी गम्भीर रोगको बिरामी रहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएको थियो ।

उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा उपचार भइरहेको थियो’, पोखरेलले भने, ‘पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।’

पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर