बालिकालाई यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ

बालिकालाई यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौ । बालिकालाई यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ परेको छ । ९ वर्षीय बालिकालाई यौन शोषण गरेको अभियोगमा स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । गुरुङ पोखरा महानगगरपालिका १० मिलनचोक बस्दै आएका थिए ।

ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आईरहेको जनाएको छ । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी स्याङ्जा बिरुवा गाउँपालिका ८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा ल्याई जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर