बराहक्षेत्रको धानबालीमा ‘व्याक्टेरियल’ रोग देखा परेपछि नियन्त्रण गरिँदै

बराहक्षेत्रको धानबालीमा ‘व्याक्टेरियल’ रोग देखा परेपछि नियन्त्रण गरिँदै

६ भाद्र , सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा लगाएको धानबालीमा ‘व्याक्टेरियल लिफ ब्लाईट’ नामक रोग देखा परेको छ ।
रोग देखिएपछि नगरको कृषि शाखाले किसानको खेतमै पुगेर रोगको पहिचान गरि त्यसको नियन्त्रण गर्न सुरु गरेको छ ।

रोग नियन्त्रणका लागि ‘कपर अक्सिक्लोराईड’ तीन ग्राम प्रतिलिटर पानी र ‘स्टेप्टोसाईकिलन’ ०.२५ ग्राम प्रतिलिटर पानीमा मिश्रण गरी प्रति कठ्ठा २० लिटरको दरले छर्किने गरेको कृषि शाखाकी प्रमुख तुलसा लिम्बुले जानकारी दिनुभयो ।

बराहक्षेत्रका किसानले रोग देखापरेपछि धानका विरुवा उखालेर जाँचका लागि कृषि शाखाको कार्यलयमा लगेका थिए । नगरक्षेत्रका किसानहरुको धानबालीमा देखा परेको रोग पहिचान गरी विषादी र किटनाशक वितरण गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर