निजि वनको रूख कृषि बाली सरह वेच्न पाउनुपर्ने निजि वन संघ इलामको माग

निजि वनको रूख कृषि बाली सरह वेच्न पाउनुपर्ने निजि वन संघ इलामको माग

१६ श्रावण, इलाम । पारिवारिक निजि वन संघ जिल्ला शाखा इलामको आयोजनामा निजि वनको सम्भावना र चुनौतिको विषयमा आज देउमाई नगरपालिका–४ मंलवारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश–१ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० भन्दा धेरै पारिवारिक निजि वन किसानको सहभागितामा रहेको थियो ।

जिल्ला शाखाका इलाम अध्यक्ष रविन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजि वन किसानहरुले कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने माग राखेका थिए ।

हालको ऐन कानुनले नै किसान मारमा परेको भन्दै त्यसलाइ सच्याउन सवै पारिवारिक निजि वन किसान संगठित हुनुपर्नेमा किसानको भनाई थियो ।

कार्यक्रममा राज्यमन्त्री रानाले किसानको समस्या समाधान गर्न आफुले केन्द्र, प्रदेश र स्थानिय तहमा प्रयत्न गर्ने भन्दै किसानलाई संगठित हुन सुझाव समेत दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा शाखाका अध्यक्ष सुवेदिले निजि वनको सम्भावना र चुनौतिको विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा देउमाइ नगरपालिकाकी उपमेयर पुस्पा राई, पारिवारिक निजि वन संघकि केन्द्रीय सदस्य भुमिका आचार्य, आयोग सदस्य डिक वम्जन, वन कार्यलयका प्रतिनिधि विदुर रेग्मी, पारिवारिक निजि वनका किसानहरू देवि प्रसाद गजुरेल, राधाकृष्ण भट्टराइ, सोभा अधिकारि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उनीहरुले आफ्नो धारणा समेत राखेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर