इलामका थप ५ जना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित

इलामका थप ५ जना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित

१६ श्रावण, इलाम । इलाम सदरमुकाममा कार्यरत थप पाँच जना शसस्त्र प्रहरी जवानमा आज कोरोना संक्रमण देखिएको छ ।

सदरमुकाम स्थित सशस्त्र प्रहरीको १ नम्बर गणका पाँच जना सशस्त्र प्रहरी जवानमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले बताउनुभयो ।

गत श्रावण ११ गते १ नम्बर गणका ३२ जना सशस्त्र प्रहरी जवानको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको बरालले बताउनुभयो ।

इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या १० पुगेको छ ।

हालसम्म इलाममा संक्रमितको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर