दुहवी नगरपालिकाले सुरु गर्यो समुदाय स्तरमा कोरोना परिक्षणको कार्य

दुहवी नगरपालिकाले सुरु गर्यो समुदाय स्तरमा कोरोना परिक्षणको कार्य

१५ श्रावण, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाले आज (विहिबार) देखी समुदायमा कोरोना परिक्षणका लागि स्वाब संकलन सुरु गरेको छ ।

सरोकारवाला, सर्वसाधारण समेत गरी ५० जनाको स्वाब (पिसिआर) परीक्षणका लागि आज संकलन गरिएको दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले बताउनुभयो ।

दुहवी वजार श्रेत्रका स्थानिय, व्यवसायी गरी २० जनाको रेन्डमली स्वरुप स्वाब सँङ्कलन गरीएको छ । त्यसैगरी दुहवी ईलाका प्रहरी कार्यलय दुहवीका ८ जना प्रहरी जवान, दंगा प्रहरी गंण दुहवीका ११ जना, दुहवी नगरपालिकाका पदाधिकारी तथा कर्मचारी गरी ११ जना गरी ५० जनाको स्वाब सँङ्कलन गरीएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले बताउनुभयो ।

सङ्कलन गरिएको स्वाबको नमुना धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको पनि स्वास्थ्य प्रमुख महतोले जानकारी दिनुभयो ।

स्वाब संङ्कलन कार्य दुहवी नगरपालिकाका प्रमुख गच्छदारबाट सुरु गरिएको थियो । त्यैगरी कार्यकारी अधिकृत विनोद कुमार न्यौपाने लगायत नगरपालिकाका अन्य पदाधिकारी तथा कर्मचारी, प्रहरी प्रशासनको स्वाब संकलन गरीएको स्वास्थ्य शाखाका सह–संयोजक उचित नारायण साहले बताउनुभयो ।

साहका अनुसार दुहवी नगरक्षेत्रमा कोरोना भए नभएको पत्ता लगाउनका लागि समुदाय स्तरमा आजबाट परिक्षणको सुरुवात गरेको र यसलाई निरन्तरता दिईने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर