झापामा तीन प्रहरी जवान सहित एक महिलामा कोरोना पुष्टि

झापामा तीन प्रहरी जवान सहित एक महिलामा कोरोना पुष्टि

१५ श्रावण, झापा । झापाको कमल गाउँपालिका–५ स्थित पाथिभरा गण पाँडाजुगीमा कार्यरत तीन जना सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

आज संक्रमण पुष्टि भएका २७४ जनामा उनीहरु पनि परेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले बताउनुभयो ।

पाथिभरा गण पाडाँजुगीका तीन जना सशस्त्र प्रहरी र दमककि एक महिलामा सहित आज झापामा चार जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर