माईजोगमाईका सशस्त्र जवानमा कोरोना देखिएपछि २५ जनाको स्बाव संकलन

माईजोगमाईका सशस्त्र जवानमा कोरोना देखिएपछि २५ जनाको स्बाव संकलन

१५ श्रावण, इलाम । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर–१ इलाममा कार्यरत ३५ बर्षिय शसस्त्र जवानलाई कोरोना देखिएपछि उनका सम्पर्कमा आएका परिवार सहित अन्य २५ जनाको स्वाब संकलन गरिएको छ ।

इलामको माईजोगमाई–४ का स्थायी बासिन्दा शसस्त्र जवानमा कोरोनाको लक्षणपछि ६ जना परिवारसहित कन्टयाक ट्रेसिङमा देखिएका अन्यको स्वाब संकलन गरिएको माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले जानकारी दिनुभयो ।

संक्रमित शसस्त्र जवान गत असार २७ गते बिदामा घर आएका थिए ।

उनी २९ गते कार्यस्थल फर्किएपछि श्रावण ८ गते पिसिआर टेस्ट गरिएको थियो । साउन ११ गते आइतबार उनी सहित ५ जना शसस्त्र प्रहरीमा कोरोना देखिएको थियो ।

गाउँपालिकालाई अहिले नै सिल नगरिएपनि स्वाब संकलन गरिएकाहरुको रिर्पाेट पोजेटिभ आएमा सिल गरिने नामसालिङ प्रहरी चौकी इन्र्चाज टेकबहादुर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर