१२ श्रावण, सुनसरी । सुनसरी र मोरङ दुई जिल्लामा सञ्चालन गर्ने कृषि कार्यक्रम कृषि ज्ञान केन्द्र सुनसरीले कार्यक्रम सार्वजनिक गरेको छ ।
दुई जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा सञ्चालन हुने कार्यक्रमहरु आज सुनसरीको इनरुवामा सार्वजनिक गरिएको हो ।
कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा गरिएको सार्वजनिकीकरणमा यस आर्थिक वर्षमा चालु तर्फ ५ करोड ६३ लाख २५ हजार रुपैँया र पुजिंगत तर्फ कार्यक्रमको ३६ लाख ८५ हजार रुपियाँ तथा प्रशासनिक तलव खर्च दुई करोड ६२ लाख ९१ हजार गरी कुल नौँ करोड ६३ लाख एक हजार रुपियाँ बराबरको कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले कृषिको कार्यक्रमहरु स्थानीय तहको समन्वयमा गर्दा प्रभावकारी हुने बताउनुभयो ।