सुनसरीमा ८० प्रतिशत रोपाई सम्पन्न

सुनसरीमा ८० प्रतिशत रोपाई सम्पन्न

९ श्रावण, सुनसरी । सुनसरीमा तीन वर्ष यताकै सबै भन्दा बढी रोपाई सम्पन्न भएको छ । विगतमा पानीको अभावमा ढिलाई गरी रोप्ने धानको रोपाई प्रतिशत यस वर्ष सन्तोषजनक रहेको छ ।

दुई वर्षअघिसम्म श्रावण महिनाको अन्तिम हुन लाग्दा समेत धान रोपाई ४० देखी ५० प्रतिशत मात्र सम्पन्न भएकोमा यस वर्ष रुावाण पहिलो सातासम्ममा नै ८५ प्रतिशत रोपाई सकिएकोे हो ।

यस वर्ष समयमा नै वर्षा भएकाले रोपाई उत्साहजनक देखिएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिनुभयो ।

जिल्लाको रोपाई तथ्यांक अनुसार असार सुरुदेखि अन्तिमसम्म नहर भएको र नभएको सबै ठाउँमा वर्षा भएकाले ८५ प्रतिशत धान रोपाई भएको छ ।

आकाशे पानीको भरमा धान खेती हुदै आएको देवानगञ्ज, वर्जु र हरिनगर क्षेत्रमा पनि राम्रो रोपाई भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख उराँवले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर