संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री ओलीको गृहनगरमा दिप प्रज्वलन

संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री ओलीको गृहनगरमा दिप प्रज्वलन

३१ जेष्ठ, झापा । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि प्रधामनन्त्रीे केपि शर्मा ओलीको गृहनगरमा दिव प्रज्वलन गरिएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा झापा दमकका आम नागरीकहरुले खुसियालीको रुपमा दमकको मुख्य चौक गणतन्त्र चौकमा दिप प्रज्वलन गरेका हुन् ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी लगायत जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र स्थानिय नगरबासीहरुको उपस्थितिमा दिप प्रज्वलन् गरी खुसियाली साटासाट गरिएको हो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सबै नेपाली जनता र राजनितिक दलका नेताहरुले गर्व महसुस गर्नुपर्ने भन्दै नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

सो दिपावली कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्नु अत्यान्तै महत्वपूर्ण कदम र साहसिक काम भएको बताएका थिए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख र सबै सांसदहरुको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270