
२० जेष्ठ, सुनसरी । दुहवीको नव प्रतिभा यूवा समूहले दुहवी ५ मा रहेका विपन्न असहाय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले समस्यामा परेका विपन्न असहाय परिवार सो खाद्यान्न सहयोग गरिएको हो । नव प्रतिभा यूवा समूहले ४५ घर परिवारलाई १५ केजीका दरले चामल राहत सामाग्री बाडेको संस्थाका अध्यक्ष रोशन कार्कीले बताउनुभयो ।
सो राहत वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष लुक्स चौधरी, सचिव दर्शन राई, कोषाध्यक्ष विष्णु श्रेष्ठ, स्थानिय कृष्ण योञ्जन, श्याम दाहाल, दुखाराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७