छुवाछूत र बलत्कारको घटना विरुद्ध प्रदेश–१ का दलित अगुवाहरुको विरोध

छुवाछूत र बलत्कारको घटना विरुद्ध प्रदेश–१ का दलित अगुवाहरुको विरोध

२६ वैशाख, इलाम । कास्कीको पोखरा महानगरपालिकामा भएको जातीय विभेदको घटना, घटनाको सन्दर्भमा प्रदेश सांसद्बाट जारी प्रेस विज्ञप्ति र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकामा दलित बालिकामाथि भएको बलत्कारको घटनाको प्रदेश–१ का दलित अगुवाहरुले आज भत्र्सना गरेका छन् ।

प्रदेश–१ का १४ वटै जिल्लाको प्रतिनिधित्व गर्ने ५१ जना दलित अगुवाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुवै घटनाका पींडितलाई न्याय र दोषिहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

विज्ञप्तिमा लेखिएको भनिएको छः ‘दलित समुदायमाथि देशको जुनसुकै कुनामा विभेद, अपमान, दमन, शोषण गरिएको भएपनि त्यो देशका सम्पूर्ण दलित समुदायमाथिको प्रहार हो र यो समस्या सिंगो मुलुकको समस्या हो, मानव जातिको समस्या हो भन्ने हाम्रो ठम्याई रहेको छ ।’

पोखरा महानगरपालिका वडा नं. १६ का मोहनकुमार सुनारले दुवईमा वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका भाईको काजकिरिया सार्वजनिक स्थलमा गर्न दलित भएकै कारणले नदिएपछि संविधान र कानून विपरित भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा गत बैशाख १९ गते पीडकहरु जनक थापा, देवबहादुर थापा र राम बिसीका विरुद्ध मुद्धा दर्ता गरेका थिए । विज्ञप्तिमा लेखिएको छ– “मुद्धा दर्ता भएपछि घटनामा संलग्नका आफन्तहरुले पीडित परिवारलाई अहिले पनि घर घेर्ने, धाक, धम्की दिएर मानसिक रुपमा तनाब दिने काम गरिरहेका छन् ।”

यही घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सांसद् कृष्णबहादुर थापाले सांसद्को लेटरप्याडको दुरुपयोग गरेर एउट प्रेस विज्ञप्ति जारी गरेपछि घटनाले नयाँ मोड लिएको छ । विज्ञप्तिको कारण उनको चौतर्फी विरोध र चर्काे आलोचना भइरहेको छ । थापाद्वारा जारी विज्ञप्तिमा लेखिएको छः ‘….केही उच्छृङ्खल तत्वहरुले जातीय भेदभावको नाम दएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातीवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिलाउने काम भएको हुँदा सम्पूर्णमा सावधानी पूर्वक अघि बढ्न अनुरोध गर्दछु ।’

नेकपा अध्यक्ष समेत रहेका प्रदेश सांसद् थापाले जारी गरेको विज्ञप्ति मानवअधिकारको विश्वव्यापी मान्यता, नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन ऐन, २०७५ विरुमा भएको भन्दै प्रदेशका दलित अगुवाहरुले सार्वजनिक पद धारण गरेको व्यक्ति समेत भएकोले प्रदेश सांसद् थापालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

सांसद् थापाले जारी गरेको विज्ञप्ति,

यसैगरी दलित अगुवाहरुले जारी गरेको विज्ञप्तिमा मोरङ्ग जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका–९ की १४ बर्षिया बालिकामाथि गत बैशाख १९ गते भएको बलत्कारको घटनाको दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमो लेखिएका छः ‘यस घटनामा संलग्न दोषी बर्ष २२ को धिरेन मगर अहिलेसम्म फरार छन् । नीजलाई तत्काल पक्राउ गरी कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नको लागि हामी जोडदार माग गर्दछौं ।’

संविधानसभा सदस्य एवं पुर्व राज्यमन्त्री जितु गौतम, पुर्व राष्ट्रियसभा सांसद खेम नेपाली सहित अनुभुतिबम नेपाली, सोमनाथ पोर्तेल, नवराज शंकर, राजकुमार बराइली, देवेन्द्र विश्वकर्मा, डिबि साशंकर, उमेश विश्वकर्मा, अमर बराइली, टिकाराम मग्राती, गोपाल बराइली, नैन विश्वकर्मा, चित्रकला बराईली, यज्ञकुमारी रुचाल, छत्र बराइली, शान्ती गजमेर, हुकुमसिंह नेपाली, राजन केडि, चर्चबहादुर विश्वकर्मा, निता घतानी लगायत प्रदेश–१का ५१ जना दलित अगुवाहरु संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270