सिमावर्ती क्षेत्रमा लकडाउनको मैका छोपि सुर्तीजन्य पदार्थ ओसारपोसार

सिमावर्ती क्षेत्रमा लकडाउनको मैका छोपि सुर्तीजन्य पदार्थ ओसारपोसार

२६ वैशाख, झापा । गौरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाको प्रयोग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेको खुलेको छ । कोरोना भाईरसको संक्रमणको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपी गौरीगंज क्षेत्रको विभिन्न नाका प्रयोग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेको स्थानियहरूले बताएका छन् ।

भारतीय सीमासंग जोडिएको गौरीगंज गाउँपालिकाको करिब २० किलोमिटर खुल्ला सिमामा १ किलोमिटर दुरिमा सशस्त्र प्रहरीको अस्थायी पोस्टमा पालैपालो २४ सै घण्टा प्रहरीले डिउटी दिएपनि तरस्करहरूले सुर्तीजन्य पदार्थ रातारात भित्राईरहेको स्थानीय बुधलाल चन्द्र सिंह गन्गाई बताउनुभयो । सुर्ती मात्र होईन चिनी, तेललगायत अन्य खाद्यान्न सामानहरू पनि फत्तेपुर नाकाबाट भित्रीरहेको उहाँले सुनाउनुभयो ।
गौरीगंज गाउँपालिका वडा नं. १ को भारतीय सीमासंग जोडिएको नेपाली भुभागमा रहेको मकैबारी प्रयोग गर्दै तस्करहरूले सुर्ती नेपाल भित्राईरहेको स्थानियहरू बताउँछन् ।

यता हिजो विहान मात्र गौरीगंज गाउँपालिकाको वडा नं. ५ फत्तेपुर जनताचौकमा प्रहरीले ४५ केजी सुर्ती बरामद गरेको छ । स्थानिय मोटेश्वर सिंहले साईकलमा भारततर्फबाट सुर्ती ल्याउदै गरेको अवस्थामा विहान ५ बजे सशस्त्र प्रहरी गौरीगंजको टोलीले पक्राउ गरेको थियो ।
गौरीगंज गाउँपालिकाको वडा नं. ५ फत्तेपुर नाकामा सिमामै अस्थायी प्रहरीको पोस्ट स्थापना गरिएको छ । त्यहाँ प्रहरीले २४ घण्टा सुरक्षा दिईरहेका छन् ।

सशस्त्र सिमा सुरक्षा प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले प्रहरीले सिमामा २४ सै घण्टा सुरक्षा दिएको बताउनुभयो । उहाँले सिमा खुल्ला भएकोले तस्करहरूले प्रहरीलाई समेत छलेर सामान ल्याउन सक्ने भएर स्थानियहरूले पनि सहयोग गर्नु पर्ने बताउनुभयो ।-File photo.

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270