२४ वैशाख, मोरङ । म्याद गुज्रेको खाद्य सामग्री बेच्ने मोरङ उर्लाबारीको एक किराना पललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोलीले अनुगमनको क्रममा उर्लाबारी–७ को दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा म्याद गुज्रेको खाद्य सामाग्री बिक्री वितरण गरेको फेला पारेपछि कारबाही गरेको हो ।
वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालका अनुसार उर्लावारीका व्यवसायी बिना श्रेष्ठले संचालन गरेको उद्योगमा बिक्री गर्न राखिएको खानेतेल, बिस्कुट र पेयपदार्थ म्याद गुज्रेको फेला परेपछि कारबाही गरिएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद सकिएको खाद्यवस्तु बिक्री गर्ने पसललाई २ लाख जरिवाना गरिएको बरालले जानकारी दिनुभयो । योभन्दा अगाडि माक्सको कालोबजारी गर्ने बिराटनगरको श्री सर्जिकललाई वाणिज्य कार्यालयले ३ लाख जरिवाना गरेको थियो ।-File photo