२४ वैशाख, झापा । झापाको कन्काई नगरपालिकामा जंगली च्याउ खादा २ जना विरामी भएका छन् । कन्काई नगरपालिका–७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् ।
हिजो बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समय देखि नै वान्ता हुन थालेपछी उपचारको लागी बिर्तामोड स्थित बीएण्डसी अस्पताल भर्ना गरिएको बताईएको छ ।
हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।