नेकपाले दियो रोङ गाउँपालिकालाई ५ हजार ७ सय केजी चामल

नेकपाले दियो रोङ गाउँपालिकालाई ५ हजार ७ सय केजी चामल

२२ वैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)रोङ गाउँ कमिटिले इलामको रोङ गाउँपालिकालाइ ५ हजार ७ सय केजी चामल सहयोग गरेको छ । आइतबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सो चामल गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईलाइ हस्तान्तरण गरेको हो ।

विगत एक महिना देखी जारी लकडाउनका कारण समस्यामा परेका रोङ वासीहरुका लागि राहत मिलोस् भनेर पालिकालाई सो खाद्यान्न हस्तान्तरण गरिएको संगठनका अध्यक्ष बृहस्पती खतिवडाले जानकारी दिनुभयो । संगठनका अगुवा सदस्यहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको चन्दाबाट चामल खरिद गरेर गाउँपालिकालाइ हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर