दुहवी नगरपालिकाको राहतकोषमा मनमोहन स्मृती पोलिटेक्निकद्धारा खाद्यान्न सहयोग

दुहवी नगरपालिकाको राहतकोषमा मनमोहन स्मृती पोलिटेक्निकद्धारा खाद्यान्न सहयोग

१२ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाको राहत कोषमा मनमोहन स्मृती पोलिटेक्निक बुढीगंगा मोरंङले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । पोलिटेक्निकले ले २५ के.जीको ५० बोरा चामल नगर प्रमुख बेदनारायण गच्छदारलाई आज हस्तान्तरण गरेको हो ।

हाल विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण लकडाउनले समस्या परेका गरीबी र न्युन आय भएका वर्गका लागि खाद्यान्न सहयोग गरेको पोलिटेक्निकका प्रमुख सुभाषश्री पोख्रेलले जानकारी दिनुभयो ।

सो हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, मनमोहन पोलिटेक्निकका लेखा अधिकृत सुजन भुर्तेल, पोलिटेम्निकका कम्प्युटर अधिकृत युवराज चौधरी, पोलिटेक्निकका सदस्य सत्यनारायण चौधरी लगायतको उपस्थिती रहेको थियो ।

साथै मनमोहन पोलिटेक्निकलले भोली मोरंङको बुढीगंगा गाउपालिकामा पनि ५० बोरा चामल खाद्यान्न सामाग्री हस्तान्तरण गर्ने र प्रदेशको मुख्यमन्त्री राहत कोषमा १ लाख आर्थिक सहयोग जम्मा गर्ने का लेखा अधिकृत सुजन भुर्तेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270