११ वैशाख, सुनसरी । सुनसरीको दुहवी नरपालिकाले नगरका बजार पसलहरु विहान ७ बजे देखि १० बजेसम्म ३ घण्टाका लागि मात्र खोल्ने भनेर गरेको निर्णय कार्यन्वयनमा वेवास्ता गरेको छ ।
हिजो देखि सुनसरी प्रशासनले जिल्लाभर विहान ७ देखी १० बजेसम्ममात्र अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिन निर्देशन दिएकोमा दुहवी नगरभित्रका बजार पसलहरुमा सामाजिक दुरी ख्याल नगरी विक्र वितरणमा हेलचक्राई भईरहेको पाईएको छ ।
नगर भित्रका निश्चित खाद्यनन्न पसहलरु मात्र खोल्न जिल्ला प्रसासनले निर्देशन दिएको छ । तर त्यसको जिम्मेवारी पाएको स्थानीय निकाय र उद्योग वाणिज्य संघ निर्देशन कार्यन्वयनमा वेवास्ता गरिहेको छ । नगरभित्र अहिले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी नगरी विभिन्न पसलहरु संञ्चालन भईरहेका छन् । त्यसमा सामाजक दुरी कायम नगरी अधिकांस पसलहरु लापरवाही ढंगले खुल्ला छन् । हुलका हुल मानिसहरु भेला भई अत्यावश्यक सामाग्रीहरु खरिद गरीरहेका छन् ।
यसवारेमा दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल शाह सामाजिक दुरी कायम गरी पसलहरु खोल्न व्यवसायीहरुलाई निर्देशन दिएको बताउनुहुन्छ । व्यवसायीहरुले पालना नगरे भोलीदेखि बजार पूर्णरुपमा बन्द गराउने अध्यक्ष शाहले बताउनुभयो ।
यता इलाका प्रहरी दुहवीका प्रहरी निरिक्षक प्रविन कार्की भने सामाजिक दुरी कडाईकासाथ लागु गर्नु पर्ने बताउनुहुन्छ । यस्तो अवस्थामा बजार पसल खोल्नु सम्भावित जोखिमलाई वेवास्ता गरी विपत्तीलार्ई निमत्याउनु सरह हुने उहाँले धारणा छ । साथै सामाजिक दुरी कायम नगरी पसलहरु संचालनमा देखिए प्रहरी प्रसासन आफै लागिपरेर पालना गराउन बाध्य हुने उहाँले बताउनुभयो ।
यसअघि सुनसरीको इनरुवा नगरपालिकामा यस्तै अवस्था आएपछि हिजो मात्र नगरपालिका र उद्योग वाणिज्य संघ इनरुवाले बजार पसल नखोल्ने निर्णय गरेको थियो ।