काेराेनाका कारण अमेरिकामा एक दिनमा २ हजार ३५ जनाकाे मृत्यु

काेराेनाका कारण अमेरिकामा एक दिनमा २ हजार ३५ जनाकाे मृत्यु

२९ चैत्र । पछिल्लाे २४ घण्टालाइ मात्र हेर्ने हाे भने अमेरिकामा मात्र २ हजार ३५ जनाकाे मृत्यु भएकाे छ । चीनमा भने पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे र ४२ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ ।

विश्वमा हालसम्म काेराेना भाइरस संक्रमित १७ लाख  पुगेकाे छ । ३ लाख ७६ हजार ५ सय २१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् भने । १ लाख २ हजार ७ सय ५१ जनाकाे मृत्यु भइसकेकाे छ ।

नेपालमा भने ३ हजार ५ सय २५ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर