१० चैत्र, झापा । इलामको चुलाचुलीमा कोरोना भाईरसको संक्रमण रोकथामका लागी साहयता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षमा दैनिक २ जना स्वास्थ्य कर्मीहरुले सेवा दिने बताईएको छ । चुलाचुलीका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालका अनुसार साहयता कक्षमा दुईवटा वेडको ब्यवस्था गरिएको छ ।
गाउँपालिकामा सेवा लिन आउने सेवाग्राही, जनप्रतिनिध तथा कर्मचारीहरुका लागि ह्ेल्प डेस्कमा तापक्रम जाच्ने ब्यवस्था गरिएको साथै हात धुनका लागि साबुन पानी तथा सेनिटाइजरको पनि प्रवन्ध गरिएको शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।
गाउँपालिकामा आउने कोही ब्यक्तिहरुमा शंका लागेमा तथा कारोना भाईरस संक्रमणको लक्षण देखिएमा गाउँपालिका कार्यलय अगाडी निर्माण गरिएको क्वारेन्टाइन जोनमा राखिने छ । संक्रमणको लक्षण मिल्दो देखिएमा नेपाल सरकारद्धारा तोकिएका अस्पतालहरु मोरङ स्थित विराट नर्सिङ्ग होम, नोवेल अस्पताल र सुनसरी स्थित धरान घोपा क्याम्पमा थप अनुसन्धान र उपचारका लागि लगिने समेत शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।
स्थानियमा कोरोना भाइरस संक्रमणको त्रास न्युनिकरणका लागि जनहितमा जारी सूचना माइकिङ्ग, पोष्टर पम्प्लेट वितरण र रेडियोमा अनुरोधका सूचना समेत प्रवाह भइरहेको दाहालले बताउनुभयो ।