१० चैत्र, इलाम । इलाम जिल्लाको कर्णाली भनिने चुलाचुली गाउँपालिकामा अनेरास्ववियूले कोरोना भाइसर संक्रमण बारे घरदैलो गर्दे सचेतना अभियान आज सम्पन्न गरेको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीको आयोजना तथा अनेरास्ववियू चुलाचुली गाउँ कमिटीको संयोजनमा चुलाचाचुलीका विकट गाउँका प्रत्येक घरमा गएर सो अभियान संञ्चालन गरिएको हो ।
चुलाचुली वडा नं. ३, ४ र ५ का माथिल्लो भेगमा रहेका गाउँमा गएर कोरोना भाइरस (कोभिड १९) सम्वन्धी सचेतना फैलाइएको अनेरास्ववियू इलामका नेता निशेष राईले जानकारी दिनुभयो । गाउँका प्रत्येक घरमा गएर कोरोना भाइरस के हो ? यसको संक्रमण कसरी हुन्छ ? संक्रमण हुनबाट कसरी बच्ने ? लगायतका बारेमा जानकारी दिईएको अनेरास्ववियू इलामका अर्का नेता चन्द्र दंगाल (विजय)ले जानकारी दिनुभयो ।
अनेरास्ववियू चुलाचुलीले ५÷५ जनाको दुई टोली बनाएर छुट–छुट्ै रुपमा घरदैलो गर्दे सचेतना अभियान संञ्चालन गरेको अनेरास्ववियू नेता राम लिम्वूले जानकारी दिनुभयो ।
सचेतना अभियानमा कोरोना भाइरसबारे ब्रोसर वितरण गर्नुका साथै सार्वजनिक स्थलहरुमा पम्पप्लेट टासिएको थियो ।