कोरोना भाइरसका कारण विश्वभर कतिको मृत्यु भयो ? पुर्ण विवरण सहित

कोरोना भाइरसका कारण विश्वभर कतिको मृत्यु भयो ? पुर्ण विवरण सहित

७ चैत्र, काठमाण्डौँ । छिमेकी राष्ट्र चिनबाट विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण आज शुक्रबारसम्म विश्वभर दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार संसारभरी दुई लाख ४६ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रम फैलिसकेको छ । सङ्क्रमित व्यक्तिहरु मध्ये ८८ हजार ४ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।, भने एक लाख ४७ हजार ६ सय ४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा फैलिसकेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८ सय ६७ जना सङ्क्रमित रहेका छन् । यस्तैगरी इटालीमा ३ हजार ४ सय ५ व्यक्तिको मृत्यु भएको छ भने ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । इटालीमा आज सम्म ४ हजार ४ सय ४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

यस्तै इरानमा १ हजार २ सय ४८ व्यक्तिको मृत्यु भएको छ भने १८ हजार ४ सय ७ जना सङक्रमित रहेका छन् । ५ हजार ९ सय ७९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । स्पेनमा ८ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १८ हजार ७७ जना सङक्रमित रहेका छन् भने १ हजार १ सय ७ व्यक्ति उपचारपछि घर फर्किएका छन् । जर्मनीमा ४४ व्यक्तिको मृत्यु भएको छ । १५ हजार ३२० जना सङक्रमित रहेका छन्, भने १ सय १५ उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा २ सय १७ व्यक्तिको मृत्यु भएको छ । १४ हजार ३ सय ६५ जना सङक्रमित रहेका छन् । भने १ सय २५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा ३७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९९५ जना सङक्रमित रहेका छन् । भने १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ सङ्क्रमित भएका छन् भने २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विजरल्याण्डमा ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ सङ्क्रमित भएका छन् भने १५ जना उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा १ सय ४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २६९ सङ्क्रमित भएका छन् भने ६५ जना भने उपचारपछि भएर घर फर्किएका छन् । भारतमा ५ व्यक्तिको मृत्यु भईसकेको छ भने २ सय १ जनामा सङ्क्रमणका भएको पाईएको छ । पाकिस्तानमा दुई जनाको ज्यान गइसकेको छ भने ३ जना ७ जनामा संक्रमया भएको पाईएको छ । श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ ब्यक्तिमा हालसम्म सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्रोतः एएफपी

प्रतिक्रिया:

सम्बन्धित खवर