पौडेलको आरोप;  देउवाले नेता चोरे

पौडेलको आरोप;  देउवाले नेता चोरे


२५ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस भित्र महाधिवेशन लक्षित विवाद र शक्ति संघर्ष चर्कदै जाँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको राजनिती जटिल मोडमा पुगेको छ । उनि आगामी महाधिवेशनमा सभापतिको उम्मेद्धवार बन्ने योजनामा छन् । तर महाधिवेशनको जोडघटाउ नै सभापती शेरवहादुर देउवाले गरेको गुट विस्तार र आफ्नै पक्षका धेरै जना नेतामा देखिएको उम्मेद्धवारीको महत्वकांक्षा नेता पौडेलका लागि टाउको दुखाई बन्न पुगेको छ ।

सभापति देउवाले ४ बर्ष सम्म थाति राखेको २० वटा विभाग गठनलाई बहत्तर घण्टा भित्र पुर्णता दिए । तर यसमा नेता पौडेल र उनका पक्षले कडा आपत्ती जनाईरहेका छन् । सभापती देउवाले आफ्नै गुटका नेतालाई तानेर विभागिय जिम्मेवारी दिएपछि नेता पौडेल उनि शित झन क्रुद्ध बनेका छन् । प्रस्तावित तर हाल स्थगित उपसभापतीहरुको भेला वहिस्कार देखी आईतवार हेटैँडा पुगेर नेता पौडेलले जनाएको असन्तुष्टि त्यसैका शृङ्खला हुन् । नेता पौडेलले हेटौडामा भनेका थिए ‘हाम्रा मानिसहरुलाई चोर्दै, पँैसा र पद दिदैँ लगेर आफु बलियो बन्ने ?’
हुन त सुरुमा अघिल्लो संसदिय दल, त्यसपछि पार्टी सभापती र २०७४ सालमा भएको संसदिय निर्वाचनमा समेत पराजय भोगेपछि बरिष्ठ नेता पौडेल राजनितिक संकटमा परेका थिए । अहिले फेरी उनि २०७७ फल्गुनका लागि तय भएको कांग्रेस महाधिवेशनमा सभापतीको उम्मेद्धवार बन्न चाहन्छन् । तर आफ्नै समुह भित्र आकांक्षी बढि भएकाले तिनको ब्यवस्थापन चुनौती पुर्णत त छदैछ अझ देउवाले आफ्नौ समुहका केन्द्रिय देखी जिल्ला तह सम्मका नेतालाई तानेर जिम्मेवारी दिएपछि पौडेललाई झनै अफ्ठयारो परेको छ ।

राजनितिक विश्लेषक पुरञ्जन आचार्य भन्नुहुन्छ ‘देउवा इतर पक्षको जुन समुह छ यो पनि भोलीको कांग्रेसलाई नेतृत्व दिन सक्ने देखिरहेको छैन । नेता पौडेलको रोदन र गगनको कुनै जरुरत छैन । यो गलत हो । आफ्नो मान्छे चोर्यो की चोरेन यो होईन, मुद्धा चाहीँ सैद्धान्तिक हुनु पर्यो ।’

यसअघि पौडेल पक्षले महाधिवेशनको मितिबारे केन्द्रिय समितीको बैठक बहिस्कार गरेर छुट्टै जिल्ला सभापतीको भेला सम्म बोलाएको थियो । तर सभापती देउवाले नेपाल विद्यार्थी संघमा मागे जति भाग दिएपछि पौडेल चुपचाप केन्द्रिय बैठकमा मात्र आएनन् देउवाले तोकेको महाधीवेशनको मिति अनुमोदन पनि गरे । अहिले नेता पौडेल आफ्नो समुहको नेता चोरी भएको आरोप लगाई रहेका छन् । तर संस्थापन पक्ष इतरकै नेताहरु पनि नेता पौडेलको नितिमा स्पष्ट नभएको भन्दै अशन्तुष्ट छन् ।

नेता पौडेलको राजनितीक जिवनका लागि आउदो महाधिवेशन कि वार कि पार हुने छ । त्यसैले पनि पौडेल यतिवेला के गरौ र कसो गरौ भन्ने दाहोरो छट्पटीमा देखिन्छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर