अख्तियारका सचिव न्यौपानेलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

अख्तियारका सचिव न्यौपानेलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

फाईल तस्विर

१६ माघ/काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र इजलासमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लिएर उपस्थित हुन अदालतले आज आदेश दिएको हो । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले सो निर्णय गरेको बताईएको छ ।
सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने भन्दै अदालतले १५ दिन भित्र उपस्थित हुन आदेश गरेको छ । शर्मा संग जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर