आइडीए २१ बैठक सुरु

४ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल..

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक ट्रोटसनबर्ग नेपालमा

३ असार । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन्। उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ।..

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड

२ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन..

प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

१ असार । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । चालु आवमा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोसी..

असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत..

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह..

बजेटमा कमजोरी भेटिए आलोचना गर्न सकिन्छ- ओली

१९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् । उनले भने– ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो..

सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउने अर्थमन्त्री पुनको प्रतिबद्धता

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तक्र्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ। ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले..

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

१६ जेठ ।  सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१,८२ का लागि उक्त आकारको बजेट ल्याउनुभएको हो । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब..

सञ्चालककको धितोमा सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

१५ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्ता गर्ने भएको छ । बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र घर परिवारको सदस्यको सम्पति धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगाम आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै सहकारी सम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे..