झापामा १ हजार १ सय नयाँ साना तथा घरेलु उद्योग दर्ता

१७ साउन, झापा । गएको आर्थिक वर्ष झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०८०–०८१ का अवधिमा घरेलु तथा साना उद्योग कार्यालय झापामा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म नियमानुसार दर्ता भएका हुन् । कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् ।..

झापाको मेचीनगरले उठायो १३ करोड ५२ लाख आन्तरिक राजस्व

१४ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०।८१ मा रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रुपैँया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आव २०७९।८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरका राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९।८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय..

झापामा काटियो महसुल नबुझाउने ११ सय ग्राहकको लाइन

१३ साउन, झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत जडान गरिएको बताउनुभयो । उहाँका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । “विद्युत काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र..

काँकडभिट्टा नाकाबाट २ अर्ब ९६ करोडको काठका सामान निर्यात

१२ साउन, झापा । आर्थिक वर्ष २०८०।८१ मा पूर्वी नाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार..

नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत

११ साउन, काठमाण्डौँ । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१।८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्काे निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले..

काँकडभिट्टा नाकाबाट ८ करोड १० लाख बराबरको जडीबुटी निर्यात

११ साउन, झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयर लगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको..

कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ

११ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा..

काँकरभिट्टा नाकाबाट २४ अर्ब ४० करोड बराबरको मालवस्तु निर्यात

१० साउन, झापा । पूर्वीनाका काँकरभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०।८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा..

काँकडभिट्टा नाकाबाट १५ अर्ब ३३ करोड १७ लाखको अलैची र चिया निर्यात

८ साउन, झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०।८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी..

झापामा सवारीसाधन कारबाहीबाट ३ करोड ८६ लाख राजस्व सङ्कलन

४ साउन, झापा । झापामा गत आर्थिक बर्ष २०८०।८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत आर्थिक वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक..