आज साउने सक्रन्ती, किरात लिम्बु समुदायले भने सिसेक्पा तङ्नाम मनाउदैँ

आज साउने सक्रन्ती, किरात लिम्बु समुदायले भने सिसेक्पा तङ्नाम मनाउदैँ


१ श्रावण, काठमाण्डौँ । आज साउने सक्रन्ती । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र श्रावण १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

श्रावण महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । श्रावण महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले श्रावण महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यस्तै पुर्वका आदीवासी किरात लिम्बु समुदायले भने आज सिसेक्पा तङ्नाम मनाउदैछन् । उनीहरुले प्रकृतीको पुजा गरेर धुमधामका साथ सिसेक्पा तङ्नाम मनाउने गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर