
१ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री देउवा आज विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उहाँको सचिवालयले जनाएको छ ।
उहाँ गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आउनुभएके थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७