राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ

राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ


२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो ।

देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ ।

सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर