२९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो दुई बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीले सर्वाेच्च अदालतले हिजो गरेको फैसला पछिको लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्रीको सम्बोधन गर्नुहुने भएसँगै आज बस्ने स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण हुने बताईएको छ ।